मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहिद हर्क बहादुृर राई स्मृति प्रतिष्ठानको आयोजनामा अन्तर मावि स्तरिय भलिवल प्रतियोगीता हुने



खोटाङ,-

हर्क बहादुृर राई स्मृति प्रतिष्ठानको आयोजनामा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । सहिद राईको सम्झनामा माघ ३ गतेदेखी ५ गतेसम्म अन्तर मावि स्तरिय भलिवल तथा अन्तर मावि स्तरिय एकल छात्रा नृत्य प्रतियोगीताको आयोजना गरिने भएको हो ।

प्रतियोगीतामा भलिवलतर्फ प्रथम पुरस्कार २५ हजार, द्धितिय १५ हजार तृतिय १० हजार र सान्तवाना पुरस्कार ५ हजार राखिएको छ । यस्तै, एकल नृत्य छात्रातर्फ प्रथम पुरस्कार १० हजार, द्धितिय ७ हजार, तृतिय ५ हजार र सान्तवना पुरस्कार ३ हजार र साथमा प्रमाणपत्र राखिएको प्रतीष्ठानका सचिव बाजिन्द्र बिष्टले जानकारी दिए ।

प्रतियोगीतामा सहभागी हुनका लागि भलिवलतर्फ १ हजार र एकल नृत्य छात्राका लागि ५ सय शुल्क लाग्ने प्रतिष्ठानका अध्यक्ष धन बहादुर राईले जानकारी दिए । खेलमा सहभागी हुन विद्यार्थीको परिचय पत्र अनिवार्य गरिएको राईको भनाई छ । खेलमा खाने तथा वस्ने व्यवस्था खेलाडीले आफै गर्नुपर्ने बताईएको छ ।

पुरस्कार प्रायोजन गर्न ईच्छुक व्यक्ति वा संस्थालाई प्रतिष्ठानले आह्वान गरेको छ । जसले पुरस्कार प्रायोजन गर्नुहुन्छ उहाँहरुले तोकेको व्यक्तिको हातबाट पुरस्कार वितरण तथा पुरस्कार प्रायोजन गर्नेको नाम प्रमाणपत्रमा उल्लेखसमेत गर्छौ आयोजकले जानकारी दिए ।

व्यक्तिगतरुपमा वा संस्थागतरुपमा ५ हजार भन्दा बढी सहयोग गर्नेको नाम स्मारिकामा समेत उल्लेख गरिने सचिव विष्टको भनाई छ ।

तत्कालीन नेपाल शिक्षक संघ खोटाङका अध्यक्ष तथा चिसापानी उच्च माविका प्राचार्य समेत रहेका स्वर्गीय राईलाई शसस्त्र द्वन्द्वको समयमा खम्वुवान मुक्ति मोर्चाले २०५८ साल माघ ३ गते चिसापानी बजारबाट अपहरण गरि काहुलेको हुम्मापोखरीमा गोली हानी हत्या गरेको थियो ।

राई तत्कालीन नेपाल शिक्षक संघ खोटाङको जिल्ला अध्यक्ष एवं चिसापानी मा.वि. का प्राचार्य हुनुहुन्थ्यो । सहिद राईको सम्झनामा हरेक वर्ष प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ४१ बजे