जनकपुर –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र संकटमा परिरहेको बेला सम्पूर्ण पार्टी एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
उनले पार्टी भित्रको कलहलाई समाधान गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीका दिवंगत नेता स्थानीय बलराम नायकको १३ औं पुन्यतीथि अवसरमा शनिबार धनुषाको सबैलामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले भने, “मुलुक संकटमा परेको बेला पार्टीलाई कुनै प्रकारको कलहमा फस्न नदिन हरेक जिम्मेवार नेताको दायित्व छ ।”
सभापति देउवाले लोकतन्त्र र प्रेस जगतको घाँटी थिचेर संघीय मुलुकको गरिमालाई ध्वस्त पार्ने कार्य सरकारले गरिरहेको बताउँदै उनले कम्युनिस्टको शासन लामो समयसम्म नचल्ने जिकिर गरे ।
सभापती देउबाले नेपाली राजनीतिमा नेपाली कांग्रेसको विकल्प कम्युनिस्ट पार्टी हुन नसक्ने जिकिर गरे । मधेशको पक्षमा संविधान संशोधन गराउन कांग्रेस अहिले पनि तत्पर रहेको देउवाको बनाइ थियो ।








