मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीपी गजुरेल,परी थापा लगायत मोर्चाका कार्यकर्ता सिंहदरवार परिसरबाट पक्राउ



काठमाडौँ –

मोहन वैद्य नेतृत्वको नेकपा नेकपा क्रान्तिकारी माओवादी आबद्द देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरुलाई प्रहरिले काठ्माण्डौबाट पक्राउ गरेको छ । पक्राउ गरिएकोप्रति सो पार्टीले विरोध गरेको छ ।

भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन सिंहदरवारमा जाने क्रममा सिंहदरवार परिसरबाट उनिहरुलाई प्रहरिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सीपी गजुरेल, परि थापा,पार्टीका पोलिटब्यूरो सदस्यद्वय पवनमान श्रेष्ठ र सुरेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु दीपक शाही, हरिकृष्ण गजुरेल, फुर्नाम्गेल मोक्तान, वसन्त बोगटीसहित खगेन्द्र छन्त्याल, पद्म भण्डारी, सुन्दर श्रेष्ठ, मीन प्रसाद गिरी, नरेन्द्र कार्की, अमित योञ्जनलगायत छन उनिहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

पार्टीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै उनिहरु पक्राउ परेको जानकारी गराएका छन भने उनिहरुको अविलम्ब रिहाइ र गिरफ्तारका क्रममा घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारको माग गरेका छन ।

 

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ०९ बजे