मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्णदासका बारेमा आज अदालतको आदेश आउने : अनुयायिहरु अदालत बाहिर रामनाम भजन गर्दै



इनरूवा-

बलात्कारको आरोप लागेका कृष्णदास महाराज भनिने कृष्णबहादुर गिरी उपरको मुद्दामा आज अदालतको आदेश आउदैछ ।

हिजोबाट सुरू थुनछेक बहस कार्यालय समाप्ति सँगै आजलाई सारिएको थियो । गिरीलाई सुनसरी जिल्ला अदालत उपस्थित गराइसकिएकाले अब केही बेरमा बाँकी थुनछेक बहसको क्रम सुरू हुनेछ । थुनछेक सकिएपछि आजै अबेर सम्ममा फैसला आउन सक्ने अनुमान लगाइएको छ ।

प्रतिवादी गिरी तर्फबाट थुनछेक बहस गर्न मोहन कोइराला र रूपेश कोइराला मात्र बाँकी छन्।

त्यस पश्चात् मूख्य न्यायाधिस राधाकृष्ण उप्रेतिको एक नम्बर इजलासले गिरीलाई सादा तारिकमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक आदेश गर्ने छ ।

गिरीलाई प्रहरीले बिराट नरसिङ होमबाट एम्बुलेन्समा राखी सुनसरी जिल्ला अदालत उपस्थित गराई सकेको छ ।

अदालत परिषर बाहिर गिरीका अनुयायीहरूले रामनाम भजन थालेका छन् । अनुयायीहरू बाबा धरौटीमा रिहा हुनेमा विश्वस्त देखिएका छन् । अदालत परिषर बाहिर क्षेत्रमा प्रहरीले आज दोस्रो दिन समेत निषेधित क्षेत्र तोकेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ३१ बजे