मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ संसदमा कांग्रेसको अवराेध, सत्तापक्षकै सांसदहरुले गरे समर्थन



धनुषा, –

दुई नम्बर प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । डेढ महीना पछि बसेको प्रदेशसभा बैठक कांग्रेस सांसदहरुले अवरोध गरेका हुन् ।

भुक्तानी, जनता आवास, माननियहरुको संसदिय कोषको कार्यविधि, सःशर्त अनुदान लगायतका विषयमा सरकारको तर्फबाट सन्तोषजनक जवाफ नआएको भन्दै काँग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले संसद अवरुद्धको घोषणा गरेका हुन् ।

कांग्रेस सांसदहरुले गरेको संसद अवरोधमा सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले समेत समर्थन जनाएका छन् ।

कांग्रेस सांसदहरुले उठाएको विषय सही भएको भन्दै राजपा सांसदहरुले अवरोधमा साथ दिए । राजपाका सांसद उपेन्द्र महतोले विपक्षीहरुले उठाएको सम्पूर्ण कुरा सहि रहेको बताउँदै प्रतिपक्षी काँग्रेसलाई समर्थन गर्दै अवरुद्ध गरेकोमा स्वागत गरे

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : ०६ बजे