मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी पुस २१ गते कांग्रेस जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय



काठ्माण्डौ-

नेपाली कांग्रेसको संस्थापन इतर समुहको बैठकले अगामी पुस २१ गते जिल्ला सभापतिहरुको भेला बोलाउने पनि निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री शशाङ्क कोइराला,पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंह सहित कांग्रेस केन्द्रिय सदस्यहरुको पार्टी कार्यलय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

२१ गते जिल्ला सभापतिहरुसँग र त्यसपछी लगातार नेविसंघ, नेपाल महिला संघलगायतका भ्रातृ संगठनहरुसँगको परामर्श पछी मात्रै भाबी रणनिती तय गरिने बैठकमा सहभागी कांग्रेस केन्द्रिय सदस्य गुरु घिमिरेलेले न्यू सञ्चारलाई बताए ।

तेस्तै बैठकले पछिल्लो समय पार्टी भित्र बढेको बिबाद  समाधानका लागि सभापति देउवासँगमात्रै वार्ता गर्ने समेत निर्णय गरेको छ ।सभापति देउवाले बार्ता मार्फत सहमति जुटाउने जिम्मा उपसभापति विमलेन्द्र निधिलाई सुम्पेका भए पनि अब सहमतिका लागी सभापती देउवासग मात्रै बार्ता गर्ने आजको बैठकले निर्णय गरेको छ ।

नेताहरुको बैठक चलिरहदा पार्टी कार्यलय सानेपामा नेविसंघ, तरुण दल लगायतका भात्री संस्थाका नेताकार्यकर्ताहरुले प्लेकार्ड सहित सानेपामा नाराबाजी समेत गरेका थिए ।

प्रदर्शनमा सहभागिहरुले शभापती देउबाले भ्रातृ संस्थाहरुलाई अन्योलमा राखेर पार्टिलाई कमजोर बनाएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  २ : ०४ बजे