नेपाल र भारतका प्रधानमन्त्री बिच टेलिफोनमा कुराकानी : नेपाल भ्रमण गर्न मोदीलाई ओलीको निम्तो



काठ्माण्डौ-

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना साटासाट गरेका छन्।

उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई नयँ उचाइमा पुर्याउन २०१९ सफल रहेको कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्विट गरी उल्लेख गरेका छन्।

‘बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौं,’ ओलीले भनेका छन्।

प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गरेका छन्।

प्रकाशित मिति : पुस १६, २०७६ बुधबार  ७ : ३० बजे