न्यू सञ्चार,काठ्माण्डौ-
सांसद एबम कांग्रेसका नेतागगन थापाले सडकका फोहोर टिपेर नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुवात गर्दै नयाँअ सन्देश दिएका छन ।
बुधबार बिहान काठमाडौं रातोपुलस्थित सडक क्षेत्रमा रहेका फोहोर टिप्दै थुन्सेमा संकलन गरेरा नेता थापाले सडकमा फोहोर नफाल्ने संकल्प गर्न समेत सबैलाई आग्रह गरे ।
उक्त अबसरमा काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले सडकमा फोहोर नफाल्ने संकल्पसहित नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न आफूहरू तम्तयार रहेको उल्लेख गरे।
थापाको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान समेत सुरू भएको छ।
उनले भ्रमण वर्ष सफल बनाउन सरकारको कामलाई प्रतिपक्षी दलले पनि साथ दिने बताए।








