कांग्रेस बलियो बनाउन पार्टी भित्र मेलमिलापको खाचो छ : महामन्त्री डा. कोइराला



नवलपुर-

कांग्रेस महामन्त्री डा . शशांक कोइरालाले जननायक विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको निती अझै उत्तिकै सान्दर्भिक रहेको बताएका छन ।

४४ औ मेलमिलाप दिवसको उपलक्ष्यमा बीपी अध्ययन प्रतिसठान नवलपुरकोआयोजनामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै महामंत्री डा. कोईरालाले नेपाललाइ बिकसित समृद्द र बलियो राष्ट्र बनाउन राष्ट्रिय मेलमिलापको अझै खाचो रहेको बताएका हुन ।

उक्त कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले अहिलेको परिस्थितीमा नेपालि कांग्रेस भित्रै एकता र मेलमिलापको खाचो रहेको समेत बताए ।देशमा कम्युनिष्टहरुको बर्चस्व बढेको र सरकार लोकतान्त्रीक पद्दत्ती र ब्यबस्थाप्रतीनै गैह्र जिम्मेवार देखिएको बेला कांग्रेस भित्रको बाद-बिबादले आम लोकतन्त्र पक्षधरहरुलाई चिन्तित बनाएको उल्लेख गर्दै कोरालाले पार्टी भित्र एकताको बिकल्प नभएकोमा जोड दिएका हुन ।

पार्टिलाई बिधान र पद्दति अनुसार नचलाउदा नेतृत्वप्रती आक्रोश र आशङ्का उब्जिएको बताउदै महामन्त्री कोइरालाले बिधान र पद्दति अनुसार पार्टी चलाउन र मेलमिलापकालागी नेतृत्वालाइ  दबाब दिन समेत सबैलाई आग्रह गरे ।

कांग्रेस पार्टिको स्थापना नै देशमा न्याय र लोकतन्त्रीक ब्यबस्थाको स्थापनाका लागी भएकोले पार्टी भित्रै न्याय र लोकतान्त्रीक पद्दति अबरुद्द हुने कुरा सोच्न नसकिने भन्दै महामन्त्री कोइरालाले भने “ मैले पटक पटक पार्टी भित्र मेलमिलापको कुरा उठाउदै आएको छु,पार्टी भित्र एकता हुनुपर्छ भन्ने मेरो मान्यता छ ”।

कम्युनिष्ट सरकारसग लड्नुपर्ने अहिलेको प्राथमिकतालाई सबैले बुझेर पार्टिलाई एकजुट बनाउनुको बिकल्प नभएकोमा कोइरालाको जोड थियो ।कांग्रेस भित्र मेलमिलाप र एकता नभए सम्म देशमा बढी रहेको भ्रष्टाचार,राजनितिक सामाजिक अराजकता र सरकारि सम्पतिको दोहन बिरुद्द लड्न र त्यसलाई रोक्न नसकिने र भ्राष्टाचार , राजनितिक आर्थीक अराजकता नरोकिए सम्म देशलाई सम्बृद्द बनाउन नसकिने भएकाले आम लोकतन्त्रबादी र नेपाली जनताले समेत कांग्रेस भित्र एकता र मेलमिलाप हेर्न चाहेको महामन्त्री कोइरालाले बताए ।

कार्यक्रममा कांग्रेस केंद्रीय सदस्य डा. मीनेंद्र रिजाल ,गुरु घिमिरे, राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष एबम नेता ड़ा गोविन्द पोख्रेल लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

यसैबिच नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताहरु लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी मेलमिलापको निती लिएर स्वदेश फर्किएको दिन पुस १६ गतेको स्मरण गर्दै देशैभरी बिभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।

 

 

प्रकाशित मिति : पुस १७, २०७६ बिहिबार  ६ : १० बजे