कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी



बुटवल –

कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

शाह कांग्रेसबाट निर्वाचित सांसद हुन् । त्यसअघि उनी तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए

गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मेयर पदमा उमेदवारी दिएका श्याम मिश्राले सांसद शाहले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए ।

प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार  ९ : ५३ बजे