डायलासिसको लागि प्रधानमन्त्री ओली अस्पतालमा



काठमाडौं, १८ पुष –

प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसको लागि अस्पताल गएका छन् । त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले हेमोडायलासिस गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री दिउँसो एक बजे अस्पताल पुगेका हुन् । हेमोडायलासिस पछि उनी आजै बालुवाटार फर्किने बुझिएको छ ।

प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार  १० : ०८ बजे