नेकपा केन्द्रीय समितिको बैठक माघमा सर्यो



काठमाडौं –

नेकपाको केन्द्रीय समिति बैठक सरेको छ ।

पुस २३ गतेबाट बस्ने भनिएको केन्द्रीय समिति बैटक माघ १५ गतेलाई सरेको हो ।

पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो ।

प्रकाशित मिति : पुस २०, २०७६ आइतबार  ७ : ४१ बजे