पुस २२ कठ्माण्डौ-
नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ५५ वर्षीय ललनकुमार रायको वर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको घटना प्रती कांग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेलले दुख ब्यक्त गरेका छन ।
सामाजिक सञ्जाल मार्फत शोक सन्देश सार्बजनिक गर्दै बरीष्ठ नेता पौडेलले स्वर्गिय रायले नेपालको प्रजाअन्त्रीक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गरेका छन ।पौडेलले रायको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।
साथै बरीष्ठ नेता पौडेलले सोही घटनामा परी घाईते भएका नेका महोत्तरीका क्षेत्रीय सभपाति राधवेन्द्र झा, तथा जयप्रकास चौधरीसहितको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन ।









