काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ परेका छन्। ठगी गरेको आरोपमा यादवलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
यादवलाई सार्वजनि मिटरब्याज मुद्दामा राजपा केन्द्रीय सदस्य पक्राउक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको सर्लाहीका डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए। यादवबाट मिटरब्याज ऋणबाट सर्लाही आसपासमा करिब १५ सयजना पीडित रहेका छन् ।
मंगलबार करिब सय जना पीडितले न्याय माग्दै नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर गुनासो गरेका थिए।
।








