कांग्रेसका जिल्ला सभापतिहरुको भेला सकियो : भेलाबाट पारित परामर्षपत्र भोली शभापती देउबालाई बुझाइदै



काठमाडौं –

कांग्रेस कार्यालय सानेपामा चलिरहेको नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला सकिएको छ ।

जिल्ला सभापतिहरुले कांग्रेस शभापती शेर बहादुर देउवालाई जिल्ला सभापतिहरुको सानेपा भेलाबाट पारित परामर्षपत्र भोली हस्तान्तरण गरिने तय भएको कांग्रेस रोल्पाका शभापती अमर सिंह पुनले बताए ।शभापती देउवालाई हस्तान्तरण गरे सगै उक्त परामर्शपत्र पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिने पनि शभापती पुनले न्यू सञ्चारलाई बताए ।

जिल्ला सभापतिहरुको भेलाबाट पारित गरिएको परामर्षपत्रमा पार्टी बिधी बिधान अनुसार चलाउन र सबैको सहमतिमा महाधिबेशनको कार्यतालिका ल्याउन तथा पार्टी केन्द्रिय समितिले यस अघी गरेका निर्णय सच्याउन सुझाब दिइएको बताइएको छ ।

यसैबीच सभापति देउवाले असन्तुष्ट शभापतिहरुलाई भेटघाटका लागि आफ्नो निवास बूढानिलकण्ठमा बिहीबार १० बजे बोलाएका छन । जिल्ला शभापतिलाई सभापति शेरबहादुर देउवाले लन्‍च पार्टी दिने भएका छन् ।उक्त भेटघाटका क्रममानै जिल्ला शभापतिहरुको भेलाबाट पारित परामर्षपत्र पनि शभापती देउबालाई हस्तान्तरण गरिने कार्यक्रम रहेको बताइएको छ ।

यसै बिच पछिल्लो समय पार्टी भित्र बढेको असहमती सुल्झाउन नेताहरुले छलफल गरिरहेको र छलफल सकारामत्मक दिशामा अघी बढेको बताइएको छ ।

प्रकाशित मिति : पुस २३, २०७६ बुधबार  ११ : ५५ बजे