सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव



धनगढी –

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव सिर्जना भएको छ ।५२ जना दरबन्दी रहेको मन्त्रालयमा अझै १७ जना कर्मचारीको पुर्ति हुन सकेको छैन ।

अधिकृत भन्दा माथिल्लो तहका कर्मचारीको समेत दरबन्दी पुर्ति हुन नसकेपछि मन्त्रालयको दैनिक कार्यमा समस्या आउन थालेको छ । मुख्यमन्त्री कार्यालयमा हाल ५१ जना कर्मचारीको दरबन्दी छ । जस मध्ये ३५ जना कर्मचारी मात्र मन्त्रालयमा उपलब्ध छन ।तीन जना सहसचिब मध्ये एकको दरबन्दी रिक्त छ । छ जना उप सचिब मध्ये छ जनाकै दरबन्दी रिक्त अबस्थामा छ । आठ जना शाखा अधिकृत मध्ये चार जनाको दरबन्दी रिक्त रहेको मन्त्रालयका सुचना अधिकारी जगदिश जोशीले जानकारी दिए ।

प्रदेसमा कर्मचारी ब्यबस्थापनको जिम्मा पाएको मन्त्रालयमा माथिल्लो तहकै कर्मचारीको दरबन्दी रिक्त भएपछि कार्य सम्पादनमा समस्या हुने गरेको उनले बताए ।

आवश्यक कर्मचारी नहुदा एक जना कर्मचारीले दुई जनाको काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । मन्त्रालयमा सुब्बा र खरीदार तहका कर्मचारीको उपलब्धता रहेपनी अधिकृतदेखि माथिल्लो तहका कर्मचारीको पद पुर्ति हुन नसकेको हो ।कर्मचारी समायोजनमा अधिकृत देखि माथिल्लो तहका कर्मचारीको आकर्षणमा प्रदेश सरकार पर्न नसकेका कारण समस्या देखिएको मन्त्रालयका सुचना अधिकारी जोशीले बताए ।

दरबन्दी अनुसार कर्मचारीको पुर्तिका लागि संघिय मामिला तथा स्थानिय प्रसासन मन्त्रालयलाइ पत्र पठाइसकिएको उनले बताए । प्रदेश लोक सेवा आयोग गठन र प्रदेश निजामती सेवा ऐन आएपछि समस्याको समाधान हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार  ८ : ३३ बजे