काठमाडौं-
प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएकोमा कांग्रेसले आपत्ती जनाएको छ ।कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी समेत दिएको छ।
आइतबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिज्ञप्ती मार्फत प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित हुनु दु:खद बिषय भएको बताएका छन्।
नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको समेत उनले बिज्ञप्ती मार्फत दाबी गरेका छन ।
कांग्रेसको बिज्ञप्ती
दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई बनाइएकोमा आपत्ति !
प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दु:खद छ ल नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ल
संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ ल तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ल
स्वयं सत्तापक्षका कारण महीना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउंदछ ल
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता








