प्रेस सरकारको भरिया होइन : कांग्रेस नेता प्रदीप पौडेल



माघ ३, काठ्माण्डौ-

कांग्रेस युवा नेता प्रदीप पौडेलले प्रेस जगत सरकार र प्रधानमन्त्रीको भरिया नभएको बताएका छन ।

प्रधानमन्त्रीको अलोकप्रियतालाई ढाकछोप गरेर प्रशंसा गरिदिनकाका लागि धम्कीको भाषामा प्रधानमन्त्रीले गरेको गरेको कुटिल याचनालाई सम्पादकहरुले ठाडै प्रतिवाद गरेकोप्रती पनि नेता पौडेलले खुशी ब्यक्त गरेका छन ।
उनले नेपाली प्रेस जगतले सत्यको बाटो नछोडेको आसय ब्यक्त गर्दै प्रेसको आलोचनात्मक चेत लोकतन्त्रको शौन्दर्य हो भनेका छन ।

नेपाली प्रेस जगतले सत्ताको स्वार्थ बिपरित पनि देखाएको आलोचनात्मक चेतनाका प्रती सङ्केत गर्दै नेता पौडेलले सम्पादक ज्यूहरूको कलम र मुटु दुवैलाई नमन भनेका छन ।

प्रधानमन्त्री केपी ओलिले प्रेस जगतले सरकारको प्रशंसा नगरेको र सम्पादकहरुको मुटु नभएको भनि दिएको अभिब्यक्तीप्रती सञ्चारजगत र नागरिक स्तरमा प्रधानमन्त्री ओलिको आलोचना बढी रहेको छ ।

नेता पौडेलको ट्विट

प्रकाशित मिति : माघ २, २०७६ बिहिबार  ९ : १४ बजे