काठमाडौं-
नेवि संघ त्रिभुवन विश्वविद्यालय समिति केन्द्रीय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरीय स्ववियू निर्वाचन तयारी छलफल कार्यक्रम सम्पन्न भएको छ| ।
विश्वविद्यालय अध्यक्ष हरि आचार्यको अध्यक्षतामा उपत्यका स्तरीय तयारी छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुँदे निर्णय गरेको नेबि संघ विश्वविद्यालय सचिव योगेन्द्र रावलले जानकारी दिए ।
छलफलमा विद्यार्थीनेताहरुले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई ध्यानमा राखि नेविसंघको केन्द्रीय कार्यसमिति छिटो गठन गर्न संघका माग गरेका छन्। स्ववियू निर्वाचनमा संघका नेता-कार्यकर्ता परिचालनका लागि संघको केन्द्रीय कार्यसमिति नहुँदा समस्या उत्पन्न हुने नेविसंघ त्रिवि इकाइका सभापति हरि आचार्यले बताए।
त्रिविको स्ववियू निर्वाचन गर्ने तालिकाप्रति स्वागत गर्दै संघका पूर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले नेविसंघले स्ववियू निर्वाचनमा विजयी हुन देशव्यापी रणनैतिक अभियान सन्चालन गर्नुपर्ने बताए। संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले पार्टीले स्ववियूको महत्व नबुझ्दा त्यसको नकरात्मक असर निर्वाचन परिणाममा देखिन सक्ने भन्दै पार्टी नेतृत्वलाई सचेत गराए।
कीर्तिपुरमा शुक्रबार भएको अन्तक्रियामा विद्यार्थी नेता निरञ्जन थापाले पार्टी नेतृत्वको कारणले भ्रातृ संस्था कमजोर हुँदै गएको प्रति चिन्ता प्रकट गरे। गत वर्ष रोकिएको स्ववियू निर्वाचन यस वर्ष गर्नका लागि त्रिवि कार्यकारी परिषद्ले फागुन १४ को दिन तोकेको छ।
कार्यक्रममा पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेल र अर्का नेता निरञ्जन थापाले स्बबियु निर्वाचन कार्यतालिका चाँडोभन्दा चाडो ल्याउन दबाब दिनुको बिकल्प नरहेको बताए ।
छलफल कार्यक्रममा नेविसंघ नेताहरु ईश्वर अधिकारी,निराजन थापा,कुमार दुलाल,शशांक श्री न्यौपाने, सन्तोेष गुरूङ, सुवास घिमिरे लगायतको उपस्थिति थियो भने उपत्यका भित्र र बहिरका ईकाई अध्यक्ष एवम् पदाधिकारीको पनि सहभागीता रहेको थियो्र ।








