सांसद पोख्रेलको निधनप्रति वरिष्ठ नेता पौडेलद्धारा दुःख ब्यक्त



काठमाडौं ।

प्रदेश नं ५ का सांसद बलदेव शर्मा पोख्रेलको निधनप्रति कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख ब्यक्त गरेका छन् ।

स्व . शर्मा एक कुशल र इमानदार संगठक भएको स्मरण गर्दै बरीष्ठ नेता पौडेलले उहाँको निधनले नेपाली कांग्रेस पार्टी र समग्र राष्ट्रलाई नै अपुरणिय क्षती पुगेको उल्लेख गरेका छन । पौडेलले दिवँगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन ।

क्यान्सर रोगबाट पीडित पोख्रेलको तिलोत्तमा नगरपालिका-१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो ।

छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो ।

विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली काँग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य  थिए  ।  पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन ।

प्रकाशित मिति : माघ ६, २०७६ सोमबार  १० : ३५ बजे