काठमाडौं, ८ माघ
बिगत लामो समय देखी जारि नेपाली कांग्रेसभित्रको विवाद मिलाउन आज सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल हुने भएको छ । महाधिबेशनको कार्यकतालिका, क्रियाशील सदस्यता बितरण तथा केन्द्रिय समिती बैठकले निलम्बन गरेका बिधानका धाराहरु र नेविसंघ , तरुण दलक गठनका बिषयमा पछिल्लो समय बढेको बिबाद मिलाउन नेताहरुबिच छलफल हुन लागेको हो ।
यस अघी बिबाद मिलाउन गठित कार्यदलका नेताहरुबिच पटक पटक छलफल भइसकेको र उक्त छलफलका बारेमा समेत दुइ नेताहरुलाई जानकारी गराइनेछ । सभापति देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे हुने छलफल हुन लागेको कांग्रेसका एक केन्द्रिय सदस्यले बताए ।
उक्त छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुने बताइएको छ ।
पुस ११ गतेको केन्द्रीय कार्य समिति बैठक संस्थाअपन इतर समुहले कांग्रेस भित्रको बिबाद सतहमा आएको हो । त्यसएता बिभीन्न तहका नेताहरुका बिचमा पार्टी भित्रको बिबाद मिलाउन पटक पटक अनौपचारिक छलफल भइसकेको छ ।








