प्रतिपक्षी दल कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख चयन भएपछि ठीक ढंगले संसद सुचारु हुनेमा खुसी व्यक्त गर्नुभयो । सभामुखको पद तठस्थ रहेको र सत्तापक्षको सरकार भएपनि संसद प्रतिपक्षी दलको हुन्छ भन्ने विषयलाई सापकोटाले बुझ्ने अपेक्षा आफ्नो रहेको बताउनुभयो ।
बडुले प्रतिपक्षी दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायि बनाउने काममा सहयोग गर्ने अपेक्षा आफ्नो दलले दिएको बताउनुभयो । ‘‘सभामुख पद तठस्थ रहेर अझ बढी सत्तापक्षको सरकार हुन्छ भने प्रतिपक्षको संसद हुन्छ भन्ने विषयलाई उहाँले बुझ्नुहुन्छ भन्ने अपेक्षा छ । प्रतिपक्ष दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायी बनाउने कामममा सहयोग हुने अपेक्षा लिएका छौँ’’, उहाँले भन्नुभयो ।
हिउँदे अधिवेशन सुरु भएको लामो समयपछि प्रतिनिधिसभाले सभामुख पाएको छ । सत्तारुढ दलबाट सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।








