कम्युनिस्टले जनवाद भनेर जनतालाई भ्रममा पारे : वरिष्ठ नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट शक्तिले बहुदलसँग जोडेर बहुदलीय जनवाद भनेर जनतालाई भ्रममा पार्ने काम गरेको बताएका छन् । मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पौडेलले यस्तो धारणा राखेका हुन्।

कांग्रेस कमजोर हुँदै जाँदा प्रजातन्त्र विरोधीको हातमा मुलुक गएको बताउँदै उनले भने, ‘कम्युनिस्ट शक्तिले बहुदलसँग जोडेर बहुदलीय जनवाद भनेर जनतालाई भ्रममा पार्ने काम गयो ।’

‘हामी लोकतन्त्रका प्रत्येक अक्षर, धारामा कसरी त्यसकै लागि लड्यौं त्यसको इतिहास साक्षी छ,’पौडेलले भने, ‘स्वतन्त्र न्यायपालिका लागि लड्नुपर्यो । प्रचण्ड, माधवजीहरुलाई प्रजातन्त्र किन चाहियो र ? उहाँहरु जातीय मुद्दामा बढी लड्नु भयो ।’

पौडेलले थपे, यो संविधान आयो । संविधानको अधिकारलाई कुण्ठित गर्ने काम गरेर कानुन बनाउने प्रयास भइरहेको छ अहिले।’उनले अभिव्यक्ति स्वतन्त्रताका लागि नै आफू जीवनभर लडेको उल्लेख गर्दै भने, ‘लोकतन्त्रको सुदृढीकरणका लागि अहिलेको समस्या भनेको विरोधाभासको समस्या हो । सिद्धान्त एकातिर छ भने जन दबाबमा बाहना अर्को गर्नुपरेको छ ।’

कांग्रेस स्थापनादेखि नै लोकतन्त्र, स्वतन्त्रता र अभिव्यक्तिका लड्दै आएको छ ।’पौडेलले लोकतन्त्र बचाउन प्रेसले खेलेको भूमिका सरानीय रहेको बताउँदै भने, ‘विभिन्न देशीविदेशी षड्यन्त्रकारीहरुबाट जोगाएर प्रेस स्वतन्त्रतालाई बचाउन साथीहरुको भूमिका साँच्चै सराहनीय छ ।’

प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार  १० : २० बजे