कोरोना भाइरस प्रभावित चीनको वुहानबाट नेपालीलाई उद्दार गर्न सरकारसग सभापति देउवाको माग



काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानमा रहेका नेपालीलाई उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् । देउवाले कोरोना भाइरसबारे नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउन शुत्रबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक अपिल गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ‘अन्तराष्ट्रिय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता सँगै नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउँदै म सार्वजनिक अपिल गर्न चाहान्छु, ।

देउबाले  कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आइ सक्दा पनि त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दु:खद र आपत्तिजनक भएको पनि बताएका छन  ।

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  १ : १९ बजे