सुनसरीमा सवारी दुर्घटना ,श्रीमान-श्रीमती सहित ४ जनाकाे मृत्यु



सुनसरी र सुनसरीको तित्रृबनामा ९झुम्का देखि दक्षिण० बस र हाईस ठोक्किदा श्रीमान(श्रीमती सहित ४ जनाको मृत्यु भएको छ ।

इटहरीबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जनाको मृत्यू हुनका साथै अन्य ८ जना घाईते भएका छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीम बहादुर दाहालका अनुसार मृतकहरू सबै हायसमा सवार रहेका थिए । मृत्यु हुनेहरुमा हायसका चालक दिपक खडका, झापा भद्रपुरका ९श्रीमान(श्रीमती० ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन । एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अन्य घाईतेहरूको नाम थर खुल्न सकेको छैन ।

घाइतेहरूको इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र धरानको वीपीमा २ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : माघ १९, २०७६ आईतबार  ८ : ५१ बजे