कांग्रेसका भातृ संस्थाहरुले भोलि शुक्रबार राजधानीको माइतीघर मण्डलामा संयुक्त बिरोध प्रदर्शन गर्ने भएका छन्।
पार्टिका उपसभापती विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनितिक प्रतिसोधका आधारमा भ्रष्टाचार मुद्दा दायर गरेको आरोप लगाउदै नेपाली कांग्रेसका भातृ संस्थाहरुले संयुक्त बिरोध प्रदर्शन गर्ने भएका हुन ।
नेपाली कांग्रेसका पदाधिकारी र भ्रातृसंगठनका पदाधिकारी बीच सानेपामा छलफल पछी आन्दोलन घोषणा गरिएको हो । पार्टी कार्यालयमा भएको छलफलमा उपसभापतिद्धय निधि र गच्छदार, महामन्त्री डा . शशांक कोइराला,र भातृसंस्थाका प्रमुखहरु सहभागी थिए । भोली शुक्रबार दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा प्रदर्शन गरिने र आइतबार नेपाल तरुण दलको नेतृत्वमा दिउँसो १ बजे माइतीघरमै प्रदर्शन गर्ने तयारी भएको नेताहरुले ब ताएका छन ।
यसअघि आजै बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले अख्तियारको पछिल्लो कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो ।








