नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको पाँचौं स्मृति दिवस आज देशैभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
कोइरालाको स्मृति दिवसका अवसरमा कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको निबासमा आयोजित एक कार्यक्रममा कांग्रेस शभापती शेर बहादुर देउबा महामन्त्री डा. कोइराला लगायत कांग्रेसका शीर्षस्थ नेताहरुले शुसिल कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरेका छन् ।
कोइराला नेपालको व्यवस्थापिका संसदबाट ०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए।उनी प्रधानमन्त्री भएकै बेला कोइरालाकै नेतृत्वमा ०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरिएको थियो ।अनेक असहज परिस्थीतिहरुका बिच देशलाई नयाँ संविधान दिन उनले खेलेको भूमिकाका कारण कोइरालालाई बर्तमान संविधानका पितको रुपमा समेत स्मरण गर्ने गरिन्छ । उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।
देश र लोकतन्त्रका खातिर उनले पुर्ण निष्ठाका साथ जिबन समर्पण गरेको इतिहास पछिल्लो पुस्ताका लागी समेत प्रेरणादायक रहिरहने छ ।
कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो। उनका ६ भाइ र एक बहिनी थिए। कोइरालाले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए ।








