जनसम्पर्क समिति साइप्रसकी महामन्त्री खनालले गरिन काभ्रेमा काङ्ग्रेस पार्टी कार्यलय बनाउन ५० हजार सहयोग



रोजगारीको शिलशिलामा बिगत ४ वर्ष देखी साइप्रसमा काम गर्दै र समाजसेवालाई निरन्तरता दिदै आएकी जनसम्पर्क समिति साइप्रस महामन्त्री सरस्वती खनालले काभ्रे जिल्ला नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यलयको भवन निर्माणका लागि ब्यक्तिगत रुपमा ५० हजार १ सय आर्थिक सहयोग गरेकी छन ।

जनसम्पर्क समिति साइप्रसका अभिभावक तथा अधिवक्ता बद्री कुमार पौडेलले समेत ब्यक्तिगत ५ हजार १ सय थप गरि जम्मा ५५ हजार २ सय रकम जिल्ला पार्टी सभापति मधु आचार्यलाई हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रेले जानकारी गराएको छ ।

साइप्रसमा भैपरी आउने नेपालीहरुका विविध समस्याहरुस् जस्तै काम नपाएर अलपत्र परेका विद्यार्थी तथा कामदार भिजामा आउनेहरुलाई कामको खोजी गरि उदार गर्ने लगायत समाजसेवा र राजनीतिमा अत्यन्तै चासो राख्ने महामन्त्री खनालले समाजसेवाकै क्रममा साइप्रस रहेका दर्जनौं संघसंस्थाहरुमा आवद्ध रहि साथ,सल्लाह,सुझाव, दिदै आर्थिक सपोर्ट समेत गर्दै आएकी छन ।

बुबाको समाजसेवी भावनाबाट प्रेरित भएकी सरस्वती खनाल तिमल्सिना आफ्नो पारिवारिक पृष्ठभुमि पनि राजनीति र समाजसेवामै सकृय भएकै कारण आफुलाई राजनीति र समाजसेवा गर्न अत्यन्तै सहज र सजिलो भएको उनले बताइन  ।

प्रकाशित मिति : माघ २६, २०७६ आइतबार  १ : २५ बजे