वालुवाटार जग्गा प्रकरणमा नेकपा नेता तथा कार्यकर्तालाई उन्मुक्ति भन्दै नेपाली कांग्रेसको भातृसंगठन डडेल्धुरा तरुण दल सडक अन्दोलनमा उत्रिएको छ ।
आईतबार नेपाल तरुणदल डडेल्धुराको आयोजनामा तरुण दलका अध्यक्ष शेरबहादुर साउद ज्यूको नेतृत्वमा वालुवाटार जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति, अन्यलाई राजनैतिक बदनियत र प्रतिशोधपुर्ण मुद्दा लगाउने निर्णयविरुद्ध सडकमा बिरोध कार्यक्रम गरीएको जनाएको छ ।
पार्टी कार्यालय वाट निकालीएको विरोध र्याली भिमदत्त चोकमा पुगेर सम्पन्न भएको थियो । बिरुद्ध कार्यक्रममा नेपाली काग्रेस डडेल्धुराका सभापती तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल समेत उपस्तीथ थिए ।








