नेपाल महिला संघले अख्तियारविरुद्ध माइतीघर मण्डलामा सोमबार प्रदर्शन गरेको छ । महिला बालुवाटार प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा . बाबुराम भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन्
बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएैको र अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै प्रदर्शनकारिहरुले चर्को नाराबाजी गरेका थिए । मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री र मुख्यसचिवलाई उन्मुक्ति दिएर मन्त्री र सचिवलाई मात्रै दोषी देख्नु आपत्तिजनक भएको उनीहरुको भनाइ थियो ।
प्रदर्शन पछी आयोजित बिरोध सभामा बोल्दै नेपाल महिला सघकी अध्यक्षसमेत रहेकी कांग्रेस सांसद उमा रेग्मी,तरुण दलका अध्यक्ष जीतजंग बस्नेत,नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपिलिया लगायत बक्ता हरुले बालुवाटार प्रकरणमा सत्तारुढ नेकपाका नेताहरुलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे ।
केही दिनअघि अख्यितारल ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद् सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसद र सडकमा बिरोध गर्दै आएको छ ।








