स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक महिना स्थगित हुने भएको छ ।
यसअघि फागुन १४ गतेलाई तोकिएको स्ववियु निर्वाचन केन्द्रीय समिति संयोजक र शिक्षाध्यक्ष पद रिक्त रहेकाले एक महिना पछाडि सर्ने भएको हो । दुवै पद पूर्ति भएपछि मात्रै निर्वाचन गर्न नेवि सङ्घले माग गरेको थियो ।
विश्व विद्यालयले भने निर्वाचनका लागि विद्यार्थी सङ्गठनहरू र क्याम्पसहरूसँग छलफल गरे पनि निर्वाचन सर्ने निश्चित भएको छ ।
प्रमुख सङ्गठनहरू अखिल र नेवि सङ्घ नै निर्वाचन सार्ने निष्कर्षमा पुगेपछि निर्धारित मितिमा निर्वाचन नहुने भएको हो ।








