नेकपाले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा किन गएनन् प्रधानमन्त्री ओली ?



नेकपा अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओली आज फागुन १ गते पार्टीले आयोजना गरेको जनयुद्ध दिवसमा अनुपस्थित भएका छन् ।

यसअघि प्रधानमन्त्री ओली पनि कार्यक्रममा उपस्थित हुने समाचार बाहिरिएको भए पनि अन्तिम अवस्थामा उनि कार्यक्रममा गएनन ।

पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम सुरु भएको छ । कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भए ।

कार्यक्रममा नेकपा  वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु भने सहभागी भए ।

नेकपा भित्र पूर्व माओबादी र बिगतमा उसले सञ्चालन गरेको युद्दलाई कसरी लिने र एकिकरण पछी बनेको नेकपाले स्वामित्व लिने कि नलिने भन्नेमा नेताहरु बिभाजित हुँदै आएका छन ।

तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको अवसर पारेर फागुन १ गते बर्तमान नेकपाले जनयुद्ध दिवस मनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहिबार  ४ : २९ बजे