महराको आज अन्तिम सुनुवाइ, के होला फैसला ?



काठमाडौं । वहिर्गमित सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेपिरहेका महराको आइतबार सुनुवाई हुन लागेको हो ।

बलात्कार प्रयास आरोपमा असोज १९ गते पक्राउ परेका महरालाई अदालतको आदेशपछि डिल्लीबजार स्थित सदरखोरमा राखिएको छ । महराविरुद्द कर्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । महराको मुद्दामा आइतबार महराका कानुन व्यवसायीहरुले बहस गर्दैछन ।

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आइतबार  ७ : २९ बजे