केही टाठाबाठालाई मात्र होइन सबै जनतालाई प्रजातन्त्र आओस : पूर्वराजा शाह



भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जारी गरिएकाे विज्ञप्तिमा पूर्वराजा शाहले यस्तो बताएका हुन्।

फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका हुन ।पूर्वराजा शाहले आफ्नो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्नु पर्ने बताएका छन्।

‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ’ पूर्वराजाले भनेका छन्, ‘हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं- नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’

पूर्वराजाले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागिमात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार  १ : ४९ बजे