सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भए पछी उक्त बिषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको छ ।
छलफलका लागी बिहीबार बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भए पछी मन्त्री बाँस्कोटा माथी छनबिनको माग उठी रहेको छ ।








