संचार मन्त्रीलाई अनुसन्धानको दायरामा ल्याई कडा भन्दा कडा कार्वाही गर्न माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौँको प्रदर्शनी मार्गमा आज गरेको शान्तिपूर्ण विरोध प्रर्दशनमा प्रहरीले व्यापक हस्तक्षेप गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ ।
सरकारको आडमा सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गर्ने र सख्त घाइते बनाएको घटनाप्रति कांग्रेसले खेद ब्यक्त गर्दै शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि ठाडो हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएको छ ।
प्रर्दशनी मार्गमा भएको विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डे, विद्यार्थी नेताहरु— सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायत दर्जनौं विद्यार्थीहरु घाइते भएका छन् ।
घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहाई गर्न पनि नेपाली कांग्रेसले सरकारसगा माग गरेको छ ।











