नेपाली कांग्रेसका पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंहले अब महिला घरमा मात्र सिमित रहेर हैन घर बाहिर निस्केर पनि आफ्नो क्षमता देखाउनुपर्ने समय आएको बताएका छन ।
युवा सिर्जनसिल समाज र राष्ट्रिय युवा परिषद नेपालदारा संचालित महिला केन्द्रीत एक तालिम कार्यक्रमको समापनमा बोल्दै नेता सिंहले यस्तो बताएका हुन ।सिंहले महिलाहरु पनि उत्तिकै सक्रीय भए मात्रै समाज र राष्ट्रको बिकाश हुने उल्लेख गर्दै महिलाहरुको क्षमता अभिबृद्दिका लागी सरकारले थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा तालीम लिने सबैलाई बधाई दिदै नेता सिंहले महिलाहरुलाई अधिकार सगसगै आत्मनिर्भर पनि बनाउन जरुरी रहेकोमा जोड दिए ।
महिलाहरुका लागी राज्यले दिएको आरक्षणको सही उपयोग हुन नसकेको तर्फ सङ्केत गर्दै नेता सिंहले आरक्षणको सही सदुपयोगका लागी पनि महिलाहरु सचेत हुनुपर्ने बताए ।नेता सिंहले नेपाली कांग्रेस सधै महिला अधिकार र महिला शसक्तिकरणको पक्षमा रहेको पनि स्मरण गराए ।
कार्यक्रम युवा सिर्जनसिल समाजका अध्यक्ष शारदा लामाको अध्यक्ष्यतामा भएको थियो ।








