सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल कानुनी कारबाहीको माग गर्दै हिजो राजधानिमा नेविसंघले गरेको प्रदर्शनका क्रममा प्रहरिले ज्यादति गरेको भन्दै आज पनि नेविसंघले प्रदर्शन गरेको छ ।
हिजो भएको प्रदर्शनअका क्रममा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानासहित महामन्त्रीहरु उर्मिला थपलिया, युवराज पाण्डे, दिपक भट्टराई,बलदेव तिमल्सिना,लगायत हरि आचार्य, सुनिल शर्मा, सुरज सेजुवाल, दिनेश कार्की, एलिजा ढकाल, राम्जी बस्नेत, तुलसा पन्त, लक्ष्मणजंग शाही, हेमन्त गुरुङ्ग, अनिश आचार्य, तिलक बटाला, शुसिल और, संजय भण्डारी,रमित खड्का, दिपक लामा, प्रबिन जंग कार्की, सुबिन पराजुली ,गंगाराम न्यौपाने लगायत घाइते भएका थिए ।
सरकारी ज्यादतिको बिरोध स्वरुप आज प्रदर्शनी मार्ग वरपर बिरोध र्याली र कोणसभा गरिएको नेविसंघले जनाएको छ ।र्यालिमा सहभागी र कोण सभाका बक्ताहरुले निवर्तमान मन्त्री बस्कोटालाई कारबाही गरेर नपुग्ने भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत मागेका थिए ।
उनिहरुले सरकार बिरुद्द चर्का नाराबाजी समेत गरेका थिए ।सरकारविरोधी प्रदर्शनमा क्रममा बिधार्थिहरुले कालो कपडाले मुख छोपेर विरोध गरेका थिए। विरोध प्रदर्शनपछी आयोजित कोणसभालाई पदाधिकारीहरुले सम्बोधन गरेका थिए।
सम्बन्धित समाचार
घाइते विद्यार्थी नेताहरुको उपचार र गिरफ्तार भएकालाई तुरुन्त रिहाई गर्न सरकारसग कांग्रेसको माग








