बामदेबका लागी संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल



उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने ब्यबस्था मिलाउन संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा छन् ।

आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले  ३ सदस्यीय कार्यदल गठन गरेको बालुवाटार उच्च स्रोतले जनाएको छ । यो कार्यदलले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ ।

आफु राष्ट्रियसभा सदस्य बन्नका लागी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त बामदेब गौतमले राख्दै आएका छन् ।

प्रकाशित मिति : फाल्गुन ११, २०७६ आइतबार  ११ : ५३ बजे