समाजवादी पार्टीका अध्यक्ष डा . बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने बिधार्थिहरुलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् ।
डा . भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रतिक्रीया ब्यक्त गर्दैउ कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण भएको उल्लेख गरेका छन ।
‘शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो । निरंकुश पञ्चायती कालमा झैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो,’ उनले अगाडि लेखेका छन्, ‘जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’

आज मात्रै नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका ओलीलाई नेविसंघ र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेपछी उनिहरुलाई प्रहरिले पक्राउ गरेको थियो ।








