कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्यहरु थपिए ,१३ बिभाग गठन



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ वटा विभागको जिम्मा बाँडफाँड गरेका छन् ।

१३ वटा विभाग प्रमुख तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ

थपिएका आमन्त्रित केन्द्रीय सदस्यहरुमा तनहुँका ध्रुव वाग्ले, दाङका कृष्णकिशोर घिमिरे , झापाका गोपाल बस्नेत र सुधिर शिवाकोटी तथा धनकुटाका मनोहरनारायण श्रेष्ठ धनकुटा छन्।

तेस्तै विभागहरु पनि गठन गरिएको छ।

सभापति देउवाले शुक्रबार अपरान्ह वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले पार्टीका विभाग गठन गर्ने तयारी गरेको भन्दै विभागमा राख्नुपर्ने नेताहरुको नाम दिन आग्रह गरेका थिए तर पौडेलले कार्यकाल सकिएर महाधिबेशनमा केन्दृत हुनुपर्ने बेलामा बिभाग गठन अहिलेको प्राथमिकता नभएको भ न्दै आफ्नो तर्फबाट नाम दिन अस्वीकार गरेपछि देउवाले एकलौटी रुपमा केही विभाग गठन गरेका हुन्

 

प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार  १ : ५१ बजे