सरकार बिरुद्द नेविसंघ सडकमा : भ्रष्टचारिलाई तत्काल कार्बाही नभए आन्दोलन चर्काउने चेतावनी



नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले  भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने,  पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै देशभर विरोध गरेको छ।

सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध गरेका हुन्।

नेविसङ्घले उपत्यकाका त्रिचन्द्र,  शङ्करदेव, प्रदर्शनिमार्गमा रहेका आरआर , बाल्मिकि, नेपाल ल क्याम्पस ,सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको छ ।

उपत्यकाका बिभिन्न क्याम्पस अघाडी भएका प्रदर्शनहरुलाई अध्यक्ष राजिब ढुङ्गना,महामन्त्रीहरु उर्मिला थापालिया, दीपक भट्टराई ,बलदेब तिमील्सिना ,मनोज बैध्य, युबराज पाण्डेय,महेश्वरि कुवर लगायतले सम्बोधन गरेका थिए ।

सरकाविरुद्ध प्रदर्शनका क्रममा नेविसंघले आघि सारेका मागलाई बेवास्ता गरिए सशक्त आन्दोलन गर्न बाध्य हुने नेताहरुले सरकारलाई चेतावनी दिएका छन ।

बिधार्थी नेताहरुले ओली नेतृत्वको सरकार नीतिगत भ्रष्टाचारमा लिप्त भएको भन्दै भ्रष्टाचारिलाई तत्काल कार्बाही थाल्न समेत माग गरेका छन ।

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आइतबार  ७ : २५ बजे