प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा माथी छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन



सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड माथि जुत्ता प्रहार भएको घटनाको बारेमा छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिटि गठन गरिएको छ ।

एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा सोमबार समिति गठन गरिएको हो ।

रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।

प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार  ६ : ०८ बजे