पशुपतिनाथ सम्झदै भारतिय समकक्षी मोदीले प्रधानमन्त्री ओलीलाई भने– शीघ्र स्वास्थ्यलाभको कामना !



प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरिने तयारी भएपछी प्रधानमन्त्री ओलीलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।सामाजिक सञ्जाल ट्विटर मार्फत भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई स्वास्थ्यलाभको कामना गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमा भनेका छन ।’मेरो प्रिय साथी केपीशर्मा ओलीजी, मैले तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्छु, राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवनका लागि भगवान पशुपतिनाथको आशिर्वाद प्राप्त होस्,’ ‘नेपाल भारत सम्बन्धमा नयाँ उचाइ प्राप्त गर्न तपाईंको निरन्तर योगदानको अपेक्षा पनि गर्दछु ।’

प्रधानमन्त्री ओलीले पनि भारतिय प्रधानमन्त्री मोदिले देखाएको सद्भाबप्रती उनलाई ट्विटरमै धन्यबाद दिएका छन ।

प्रधानमन्त्री ओली आजै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुने अन्तिम तयारी भएपछि उनका शुभचिन्तकहरुले प्रत्यारोपण सफलताको कामना गरेका छन्।

प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार  ६ : ४४ बजे