सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वा्चित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छन्।
सपथ ग्रहण गर्नेहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि गत माघ ९ गते निर्वाचन भएको थियो । १८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो ।








