कोरोना भाइरसको संक्रमणबारे संसदले आवश्यक सजगता नअपनाएको भन्दै एक सांसदले संसद बैठक नचलाउन माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदले सावधानी नअपनाएको भन्दै संसदको बैठक बन्द गर्न माग गरेका हुन्।
‘कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ, डाक्टरहरु यसको उपाय सचेतना नै हो भनिरहेका छन्,’ उनले भने, ‘भीडभाडमा नजानू, भोजभतेर नगर्नू त भनियो, तर हामी सांसदले कति सावधानी अपनाएका छौं।’ सांसद पनि भीडभाडमा जाने, मन्त्रीले सयौं सेवाग्राहीलाई भेट्ने भएकाले संसद रोक्न उनले माग गरे








