पत्रकार वीरेन्द्र साहका हत्यारा झाण्डै १२ बर्ष पछी पक्राउ परेका छन् ।आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
हत्या आरोपी कुन्दन भन्ने नरेन्द्र चौधरी तत्कालीन माओवादीमा आबद्द थिए । एभिन्युज टेलिभिजनमा कार्यरत साहको २०६४ असोज १८ मा हत्या भएको थियो ।एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो । शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएकाे छ ।
उनलाई निवासबाटै बिहान २ बजे पक्राउ गरिएको थियो ।पक्राउ गर्ने क्रममा अवरोध सिर्जना भएपछि ४ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास समेत गरेको बताइएको छ ।








