पछिल्लो समय कोरोनाको त्रास बढेसगै बजारमा कालो बजारी बढेकोमा गम्भिर ध्यानाकर्षण भएको नेपाल तरुण दलले जनाएको छ । दलका अध्यक्ष जीतजंग बस्नेतले आइतबार विज्ञप्ति जारी गरेर बजारमा देखिएको कालो बजारी र कृत्रिम अभाव निगरानी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन ।
“बजारमा देखिएको कालो बजारी र कृत्रिम अभावको निगरानी गर्न नेपाल तरुण दल केन्द्रीय समिति तरुण दलका सम्पूर्ण सदस्यहरूलाई निर्देशन गर्दछ ” विज्ञप्तिमा भनिएको छ । विभिन्न माध्यमबाट कोरोना सर्ने र निको हुने सम्बन्धी भ्रमहरू फैलाइएको भन्दै आमनागरिकलाई आधिकारिक माध्यमबाट जारी गरिएका सूचनामात्रै सम्प्रेषण गरेर सचेतना फैलाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
सिमा नाका र अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरि बाहिरी मुलुकबाट आउने ब्यक्तिहरुको स्वास्थ परिक्षणमा बिशेश संबेदनसिल हुन पनि सरकारलाई तरुण दलले बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।









