प्रहरी महानिरिक्षक ज्ञवालीले दिए सर्वोच्चमा लिखित जवाफ



प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विप्लव समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा हुनेवित्तिकै पक्राउ परेको विषयमा सर्वोच्चले मागेको लिखत जवाफ पेश गर्दै प्रष्टिकरण दिएका छन् ।

जवाफमा ज्ञवालीले विप्लव समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा भएपछि फेरि अपराध गर्न सक्ने हुनाले पक्राउ गरेको प्रष्टिकरण दिएका छन् ।

विप्लव समूहका कार्यकर्ता भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई गैरकानूनी थुनामा राखेको भन्दै भीमप्रसाद शर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

उक्त रिटमाथि गत शुक्रबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले अदालतको आदेशमा रिहा भएकालाई प्रहरीले पक्राउ गरेर अदालतको अवहेलना गरेको भन्दै प्रहरीको जवाफ मागेको थियो

प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार  २ : १९ बजे