गीता छोएर कसम खान्छु,अब राप्रपा फुटाउदिन : कमल थापा



राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि आफूले पार्टी नफुटाउने बताएका छन । राप्रपा (संयुक्त) र राप्रपाबीचको एकतासभालाई सम्बोधन गर्दै थापाले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर अब आफूले कहिले पनि पार्टी नफुटाउने बताएका हुन । ।

“अब कहिल्यै नफुट्नेगरी एकता भएका छौं,” थापाले भने, “यो एकताबाट म खुसी छु ।”थापाले अगाडि भने ‘विगतका आग्रह पूर्वाग्रहबाट माथि उठौं, एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावना अनुसार दृढताका साथ अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।’

विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गरे ।

थापाले कार्यकर्तालाई पनि व्यक्तिको पछाडि लाग्न छाडेर विचारको पछाडि लाग्न आग्रह गरे

प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार  १० : ४९ बजे